नियम ६७
प्रत्यर्थीलाई सूचना पठाउने
(१) पुनरावलोकनको निवेदन, मुद्दा दोहोर्‍याई हेरी पाउँ भन्ने निवेदन र पुनरावेदनको अनुमतिको निवेदनमा अनुमति प्रदान भई पुनरावेदन सरह दर्ता भएपछि प्रत्यर्थी झिकाउँदा मुद्दा पेस हुने दिन तोकी अनुसूची–९ बमोजिमको ढाँचामा सूचना जारी गर्नु पर्नेछ ।
(२) उपनियम (१) वा (२) बमोजिम म्याद वा सूचना जारी गर्दा निवेदन र आदेशको प्रतिलिपि समेत साथै पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम  निवेदन र आदेशको प्रतिलिपि पठाउँदा कुनै मुद्दामा एकजना भन्दा बढी प्रत्यर्थी भएमा सबै प्रत्यर्थीलाई पठाउनु पर्नेछ ।
(४) तारिखमा नरहेका वा थुनामा बसेका निवेदकको हकमा प्रत्यर्थी झिकाए बापत लाग्ने दस्तुर दाखिला नगरे पनि यस नियम बमोजिम सूचना जारी गर्नु पर्नेछ ।
(५) प्रत्यर्थी झिकाए बापत लाग्ने दस्तुर दाखिला नगरेमा सो दस्तुर पछि लगत कसी असुल गर्ने गरी फैसलामा नै उल्लेख गरिनेछ ।